Logo

कन्हैया कुमार कँग्रेस आईमा



एजेन्सी, १२ असोज । भारतका चर्चित युवा नेता कन्हैया कुमार कँग्रेस आईमा प्रवेश गरेका छन् । उनी आज एक समारोहबीच कँग्रेस आईमा प्रवेश गरेका हुन् ।

कँग्रेसमा प्रवेश गरेपछि कन्हैया कुमारले कँग्रेस पार्टी मात्र नभई विचार भएकाले प्रवेश गरेको बताए । उनले आफू लोकतन्त्रको पक्षधर भएको र कँग्रेस सबैभन्दा लोकतान्त्रिक भएको बताए ।

जेएनयूका पूर्व विद्यार्थी नेता कन्हैया कुमार भारतीय कम्युनिस्ट पार्टीका नेता थिए । उनी विहारबाट चुनाव लडेर लोकप्रीय मत हासिल गर्न सफल भएका थिए । विहारमा कँग्रेसले उनलाई सशक्त नेताका रुपमा अगाडि बढाउने रणनीति बनाएको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्