Logo

अर्ली इलेक्शन गराउन देउवालाई ओलीको आग्रह



काठमाडौं, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्ली इलेक्शनमा जोड दिएका छन् । उनले ताजा जनादेशमा जान जरुरी भएको भन्दै अहिलेको सरकारले चुनाव गराए पनि मान्य हुने बताए ।

‘ताजा जनादेशमा जान जरुरी छ,’ आज सम्पादकहरुसँगको अन्र्तक्रियामा ओलीले भने । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गराएपनि मान्य हुने स्पष्ट पारे ।
ओलीले ताजा जनादेशका लागि प्रतिनिधि सभा विघटन गरेको जिकिर गरे । उनले संसद विघटनको बचाऊ फेरि गरे ।

यसैगरी, ओलीले अर्ली इलेक्शनमा देशलाई लानुपर्नेमा जोड दिएको बुझिएको छ । उनले देउवालाई विभिन्न माध्यमले सन्देश पुर्याउँदै अर्ली इलेक्शनको आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्