Logo

ओलीको व्यङ्ग्यः एमसीसी सम्झाउन फातिमा सुमार आउनुपर्ने हो कि ?



काठमाडौं, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगसम्बन्धी एमसीसीलाई सरकारले बिर्सेको हो कि भनेर प्रश्न गरेका छन् । उनले एमसीसी सम्झाउन फातिमा सुमार नै आउनुपर्ने हो कि भनेर व्यङ्ग्य समेत गरे ।

‘एमसीसी सम्झाउन फातिमा सुमार नै आउनुपर्ने हो कि ?’ ओलीले आज सम्पादकहरुसँगको अन्र्तक्रियामा भने । सरकारले एमसीसी बिर्सन खोजेको समेत बताए ।

विगतमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै एमसीसी सम्झौता भएको उल्लेख गर्दै अहिले सम्झाउन अमेरिका आउनुपरेको बताए । उनले साझा न्यूनतम कार्यक्रममा पनि एमसीसीबारे उल्लेख नभएको उल्लेख गरे ।

एमसीसी पारित गर्ने हो कि होइन केही स्पष्ट नपारेको बताए । सत्ता गठबन्धनले त्यसबारे स्पष्ट पारेपछि मात्र आफ्नो धारणा दिने ओलीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्