Logo

कपनबाट हराएका बालक विहारमा भेटिए, नेपाल ल्याइँदै



काठमाडौं, असोेज १३। काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल फेला परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार पियुस अहिले हजुरबुवासँग बिहारमा छन् । र, अब काठमाडौँ ल्याउँदैछन् । बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्मा टायलको काम गर्छन् ।

उनका ४ वर्षीय छोरा हराएपछि अपहरणको आशंकामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान थालेका थिए । तर, बालकलाई विनोदका साथी शंकर दासले बिहार लगेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot