काठमाडौं, १३ असोज । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीलाई हराएको छ ।
मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २–० गोल अन्तरले पराजित गर्यो । पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।
घरेलु मैदानमा भएको खेलमा इद्रिसा गुईए ८औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७४औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दा पीएसजीले २–० को जित हात पारेको हो ।
मेस्सीको पीएसजीका लागि यो पहिलो गोल हो । मेस्सी हालै मात्र बार्सिलोनाबाट पीएसजी आएका हुन् । जितसँगै समूह ए मा रहेको पीएसजीले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा पुगेकोे छ । सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया