Logo

राष्ट्रिय वाणिज्य बैकले ल्यायो दशै तिहार लक्षित क्यास ब्याक अफर



काठमाडौं, १३ असोज। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले दशै तिहार लक्षित क्यास ब्याक अफर ल्याएको छ । बैंकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमवाट कारोबार गर्दा क्यास ब्याक हुने अफर ल्याएको जनाएको छ । बैंकले प्रति कारोबार १ हजार रूपैयाँ वा सो भन्दा बढीको कार्ड स्यप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो ।

बैंकको अनुसार यस योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने हुनेछ । बैंकका अनुसार देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्यप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्यप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा पाँच सय, ६ देखी १० पटकको कार्ड स्यपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५०, ११ देखी १५ पटकको कार्ड स्यपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १,००० मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने जनाएको छ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot