Logo

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड



काठमाडौं, असोज १३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

आजको भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने पूर्व तयारीको रुपमा आजको बैठकलाई हेरिएको छ ।

स्रोतका अनुसार आजै माओवादीको स्थायी कमिटी बैठकसमेत बस्ने तयारीमा रहेको छ । बैठक दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ । स्थायी कमिटीको बैठकले को–को मन्त्री बनाउने भन्नेबारे निणर्य गर्नेछ ।

पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्