Logo

सभामुख सापकोटाविरुद्ध हत्या अभियोगको मुद्दामा आज सुनुवाई हुँदै



काठमाडौं, १३ असोज । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा यसअघि पटक–पटक पेसी चढ्दै आएको छ ।

आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot