Logo

सत्ता गठबन्धनमा अझै मन्त्रालयको भागबण्डा मिलेन, मन्त्रिपरिषद् भोलिसम्म विस्तार गरिने तयारी



काठमाडौं, १३ असोज । सत्तापक्षीय गठबन्धनमा अझै मन्त्रालय बाँडफाँडमा सहमति भएको छैन् । कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेबारे गठबन्धनमा सहमति नभएको हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बुझिएको छ । कांग्रेसका एक नेताकाअनुसार कांग्रेसले ७, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले ६/६ वटा मन्त्रालय लिने मात्रै सहमति बनेको छ ।

यसअघि कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ मन्त्री छन् । उता, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुषाल छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलका नेताहरुको आग्रहमै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिइसकेका छन् । अब सरकारलाई पूर्णता दिने बाटो खुलेको छ । आज गठबन्धनको बैठक बस्ने भनिएको छ । बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot