Logo

साइकल खरिद काण्ड खोतल्न प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा



काठमाडौं, १३ असोज । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीले बालिकाहरुलाई साइकल वितरण गर्ने ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा अनियमितताको आशंकामा छापा मारेको हो ।

अख्तियारको बर्दिवासस्थित कार्यालयको टोलीले साइकल खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । फाइल कब्जा गरेर केन्द्रमा पठाउने तयारी भएको बुझिएको छ ।

२०७५ सालबाट प्रदेश २ सकरारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम सञ्चालनमा ल्याइरहेको छ । यो कार्यक्रम अन्र्तगत विद्यालय जाने बालिकाहरुलाई निःशुल्क साइकल वितरण गरिन्छ । बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गर्दै आएको छ ।

‘मुख्यमन्त्री बेटी पढाँऊ, बेटी बचाँऊ’ अभियान छोरा र छोरी बीचको सामाजिक विभेद अन्त्य गर्ने उद्देश्य राखिएको उल्लेख छ । यो कार्यक्रम अन्र्तगत लोकसेवा तयारी कक्षा, प्रशिक्षण कार्यक्रम पनि छन् । विशेषगरी साइकल वितरण भने आकर्षणमा परेको छ । यसैमा अनियमितताको आशंका छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot