५० अंकले बढ्यो नेप्से, ५ अर्बमा कारोबार सिमित


काठमाडौं, १३ असोज । केही दिन यता निरन्तर ओरालो लागेको नेप्से आज भने उच्च अंकले बढेको छ । नेप्से आज ५० दशमलव ५८ अंकले बढेर २६ सय ६५ दशमलव ९३ विन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशलमव ५८ अंकले बढेर ५०३ दशमलव ४६ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार २२९ कम्पनीको ६३ हजार ९ सय १६ पटक कारोबार भएर ५ अर्ब २८ करोड ५५ लाख ५ हजार ९२ रुपैयाँ बराबरको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएको छ ।