Logo

विमानस्थलबाटै फर्काइए भ्वाइफ अफ नेपालका विजेता किरण गजमेर



काठमाडौं, १३ असोज । भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर विमानस्थलबाटै नेपाल प्रवेश नगरी अमेरिका फर्किएका छन् । अमेरिकाबाट कतार एयरवेजमार्फत सोमबार नेपाल आएका गजमेरलाई अध्यागमन विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको हो ।

अध्यागमन विभागको अनुसार एक प्रवेशाज्ञा (भिषा) मा १८० दिनमात्र बस्न पाउने किरणले नेपालमा यस अघिनै बसिसकेको हुनाले उनलाई फर्काइएको हो ।

अध्यागमनको अनुसार एक प्रवेशाज्ञामा १८० दिन मात्रै बस्न पाइन्छ । अब गजमेरले २०२१ मा नेपालमा प्रवेश नै गर्न नपाउने भएका छन् । भ्याइस अफ नेपालमा सहभागी हुँदा उनी लामो समय नेपाल बसेका थिए । भुटानी शरणार्थी भएर नेपाल छिरेका किरण केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । किरण अहिले अमेरिकी नागरिक भएका छन् ।



प्रतिक्रिया दिनुहोस्