Logo

ईपीएलमा विराटनगर विरुद्ध भैरहवाको पहिलो जित



काठमाडौं, १३ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज (बुधबार) भएको खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो ।

विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गरेको छ । भैरहवाको जितमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन बनाए । कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहे ।

प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२/१२ रन बनाए । आरिफ शेख सुन्य रनमा आउट भए । विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए ।

सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११/११ रन बनाए । बसन्त रेग्मीले अविजित १० रन बनाए ।
सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे ।कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी सुन्य रनमा पेभेलियन फर्किए । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले समान ३ विकेट लिए ।

अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान एक विकेट लिए । यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ ।
वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग एक एक अंक बाडेको थियो । विराटनगरको यो लगातार दोस्रो हार हो ।



प्रतिक्रिया दिनुहोस्