Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, के निर्णय भयो ? (भिडिओसहित)



काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकमा संगठनलाई अझै बलियो बनाउनको लागि योजना बनाईएको नेता देवप्रसाद गुरुङले जानकारी दिए । उनले सरकार विस्तारको बारेमा पनि आज छलफल भएको सुनाए । उनले अहिलेसम्म सरकार विस्तारमा ढिलाई हुनुमा कानूनी जटिलता नै मुख्य कारण भएको सुनाए । तर, अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि अब सरकारलाई पूर्णता दिन सहज भएको पनि सुनाए । तर आजको बैठकमा यसबारेमा खासै छलफल नभएको उनको भनाई छ ।

त्यस्तै, उनले संसद् खुलाउनुपर्ने र यसको लागि विपक्षी दलसँग छलफल गर्नुपर्ने विषयमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको जनाए । उनले भने,‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ भन्नुभएको छ । अहिले विपक्षी दलले सदन अवरुद्ध गरिरहेको छ, सहमति भयो भने सदनको प्रक्रिया अघि बढ्छ । अरु विद्येयकहरु छन् । आपसी सहमतिको आधारमा सदन अघि बढाउनुपर्छ । अध्यादेशको च्याप्टर क्लोज टुँगो लागेपछि सरकार विस्तार हुन्छ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्