Logo

मृत्यु भइसकेकाको नामको १० वर्षयता वृद्धभत्ता हिनामिना, ५ कर्मचारी पक्राउ



काठमाडौं, १३ असोज । मृत्यु भइसकेकाको नामको वृद्धभत्ता लिएर हिनामिना गर्ने कर्मचारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले साविक उदयपुरको रामपुर ठोक्सिला गाविसका कर्मचारीहरुलाई नियन्त्रणमा लिई मुद्दा दायर गरेको हो ।

अख्तियारले सूचना जारी गरी तत्कालिन गाविस सचिवहरु केशव प्रसाद आचार्य, लोकेन्द्र कार्की, विसाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलमाथि मुद्दा दायर गरेको हो । उनीहरु विभिन्न समयमा तत्कालिन रामपुर ठोक्सिला गाविसका सचिव थिए ।

सिग्देल शाखा अधिकृतबाट सेवानिवृत्त भइसकेका छन् । उनीमाथि १ लाख ७६ हजार वृद्धभत्ता हिनामिनाको आरोप छ । माधवप्रसाद खतिवडा हाल रौतामाई गाउँपालिकाका अधिकृत छैटौं पदमा छन् । उनीमाथि ३ लाख १४ हजार हिनामिनाको आरोप छ ।

विशाल सुन्दास हाल तथ्यांक कार्यालय उदयपुरमा खरिदार छन् । उनीमाथि ८२ हजार हिनामिनाको आरोप छ । लोकेन्द्र कार्की हाल रौतामाई गाउँपालिका वडा नं ७ का सचिव छन् । उनीमाथि ७८ हजार हिनामिनाको आरोप छ । सबैभन्दा बढी हिनामिनाको आरोप लागेका केशवप्रसाद आचार्य हाल मालपोत कार्यालय उदयपुरमा नायब सुब्बा छन् । उनीमाथि ९ लाख ९० हजार ५ सय हिनामिनाको आरोप छ ।

पाँच जनाले गरी १६ लाख ४० हजार ५ सय हिनामिना गरेको देखिन आएको अख्तियारले जनाएको छ । उनीहरुले २०६३ साल देखि २०७२ सालसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको मृत्यु र मृत्यु दर्ता भएपश्चात पनि उनीहरुको नामावली सामाजिक सुरक्षा भत्ता वितरणमा भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत साकाजिक सुरक्षा मत्ता हिनामिना गरेको उल्लेख छ ।

देहाय:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालीन गा.वि.स. सचिव हाल मालपोत कार्यालय, उदयपुरमा नायव सुव्बा पदमा कार्यरत  केशव प्रसाद आचार्य साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर  रु. ९,९०,५००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।
 तत्कालीन गा.वि.स. सचिव हाल रौतामाई गाउपालिका वडा नं ७ को वडा सचिव पदमा कार्यरत खरिदार लोकेन्द्र कार्की साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर रु.७८,०००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।
तत्कालीन गा.वि.स.सचिव पदमा कार्यरत हाल तथ्याङ्क कार्यालय, उदयपुरमा कार्यरत खरिदार विसाल सुन्दास साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर रु. ८२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।
तत्कालीन गा.वि.स. सचिव (ना.सु.) हाल रौतामाई गाउँपालिकाको कार्यालयमा अधिकृत छैटौ पदमा कार्यरत माधव प्रसाद खतिवडा साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर  रु.३,१४,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।
तत्कालीन गा.वि.स. सचिव पदमा कार्यरत (हाल अबकास प्राप्त) शाखा अधिकृत पुष्पराज सिग्देल साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर रु. १,७६,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्