Logo

जहाज र हेलिकोप्टरमा समस्याहरु देखापरेपछि छानविन समिति



काठमाडौं, १३ असोज । नेपालको हवाई सेवामा एयरलाइन्सहरु धमाधम खुलेर सञ्चालनमा आए तर उडान सुरक्षाको विषय गम्भीर बनेर आएको छ । विभिन्न समयमा आन्तरिक उडानका हवाइजहाज र हेलिकोप्टरमा समस्याहरु देखिए । कतिपय अवस्थामा दुर्घटनाले ज्यान समेत गयो ।

११ असोजमा मात्र बुद्ध एयरको विमानको पाङ्ग्रा नखुलेर समस्या आयो । धन्न पाङ्ग्रा खुलेपछि दुर्घटना टर्यो । अर्को विमानमा समेत समस्या देखियो ।

विमान र हेलिकोप्टरहरुमा समस्या देखापरेको भन्दै सरकारले छानविन समिति गठन गरेको छ । नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा १३ असोज आज छानविन समिति गठन गरेको हो ।

छानविन समितिमा क्यानका पूर्व निर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, पर्यटन मन्त्रालयका सीएटिसीअ प्रमोद नेपाल र क्यानका प्रबन्धक लक्ष्मण देवकोटा छन् ।

 



प्रतिक्रिया दिनुहोस्