Logo

माधव नेपाल अस्पताल भर्ना



काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि सामान्य ज्वरो र खोकीको समस्या देखिएपछि उनी घरमै आराम गरेर बसेका थिए ।

तर, ज्वरो नघटेपछि उनलाई आज साँझ त्रि.वि. शिक्षण अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य भने सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । अध्यक्ष नेपालको उपचारमा वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्