Logo

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत



काठमाडौं, असोज १४ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मधेसी आयोग र मुस्लिम आयोगले अलग अलग रूपमा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बुुधबार राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

नेपालको संविधानको धारा २९४ ले संवैधानिक आयोगले कार्य विवरणसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष वार्षिक रूपमा पेस गर्नुुपर्ने व्यवस्था गरेको छ । मधेसी आयोगका अध्यक्ष दत्तका अनुसार आर्थिक वर्ष ०७७/७८ मा आयोगमा १९० वटा उजुरी परेकोमा अधिकांशको छानबिन गरी पीडितलाई न्याय दिलाउन आयोगले सम्बन्धित निकायमा समाधानका लागि सिफारिस गरिएका लगायतका विषय प्रतिवेदनमा समेटिएको छ । आयोगले गएको आर्थिक वर्षमै तराई मधेसका २१ जिल्लाको प्रोफाइल, दुुईवटा वृत्तचित्र निर्माण, सडक नाटक र अन्र्तक्रिया कार्यक्रम गरेको अध्यक्ष दत्तले बताए।

आयोगसमक्ष अन्धविश्वास, कुुरीति, बालविवाह, प्रहरीको मिलेमतोमा घटनाको अनुुसन्धान नै नगरी झगडियासँग मिलाउन दबाब दिएको, विकास निर्माणमा अनियमितता भएका लगायतका मुद्दाले अधिकांश भाग ओगटेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्