Logo

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिष्कार



काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले केहीबेरमा बालुवाटारमा सुरु हुँदैछ । बैठकका लागि नेताहरु पुग्ने क्रम जारी रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ ।

संसद्मा देखिएको गतिरोध हटाउनको लागि आज सर्वदलीय बैठक डाकिएको हो । तर, एमालेले भने आजको बैठकमा भाग नलिने निर्णय गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरु बैठकमा सहभागी नहुने जनाए । file photo



प्रतिक्रिया दिनुहोस्