च्याम्पियन्स लिगः बेन्फिकासँग बार्सिलोनाको लज्जास्पद हार


काठमाडौं, १४ असोज । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना ३–० ले पराजित भएको हो ।
खेलको तेस्रो मिनेटमा डार्विन नुनेजले दुई गोल गर्दै बेन्फिकालाई सुरुवाति अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा राफा सिल्भाले गोल गर्दै टोलीलाई दुई गोलको अग्रतामा अघी बढाए । साथै, खेलको ७९औं मिनेटमा डार्विनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फियालाई ३–० को सानदार जित दिलाए ।
यस जितसँगै समूह ई मा रहेको बेन्फिकाले २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । लगातार दुई हार व्यहोरेको बार्सिलोना पुछारमा रहेको छ ।-Photo: Agency