Logo

यी महिलाहरु सम्भावित मन्त्री



काठमाडौं, १४ असोज । सरकारमा अहिले एकजना मात्र महिला मन्त्री छिन् । नेकपा माओवादी केन्द्रबाट ऊर्जा मन्त्री बनेकी पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् ।

माओवादीले पहिलो चरणमै मन्त्री लाँदा महिलालाई समावेश गरेको थियो । तर, नेपाली काँग्रेसले ३ मन्त्री र १ राज्यमन्त्री बनाइसक्दा कुनैपनि महिलालाई मन्त्री बनाएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने चर्चा थियो । तर, उनी रोकिइन् ।

अहिले काँग्रेसबाट सुजाता कोइरालाको मन्त्री बन्ने सम्भावना बलियो भएको छ । काँग्रेसबाट कुनैपनि महिला मन्त्री नभएको र कोइरालाले पनि दाबी गरेकाले सम्भावना बलियो भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर सुजातालाई कोइराला परिवारको पनि समर्थन छ । महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला सुजाताको पक्षमा उभिएको बुझिएको छ ।

पौडेल पक्षबाट २ मन्त्री दिन देउवा तयार भएपछि एक पुरुष र एक महिलाको विषय उठेको छ । पुरुषमा डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, राजन केसी दाबेदार देखिएका छन् । उनीहरुमध्ये दुईजनाको नाम काट्न कठिन छ ।

नेकपा माओवादी केन्द्रले पनि थप एक महिलालाई मन्त्री बनाउने चर्चा छ । कमला रोक्का, अञ्जना विशंखे, अमृता थापा, जयपुरी घर्ती मन्त्रीका दाबेदार छन् ।

नेकपा एसबाट रामकुमारी झाँक्री मन्त्री बन्ने पक्का जस्तै भएको छ । जसपाबाट रेनु कुमारी यादव, अमृता देवी अग्रहरी, नरमाया ढकाल, रुही नाज मन्त्रीको दौडमा छन् । जसपाले ३ जनासम्म महिलालाई मन्त्री बनाउने तयारी गरेको छ ।

सत्ता गठबन्धनभित्र हरेक दलले कम्तिमा एकजना महिलालाई मन्त्री बनाउने मौखिक सहमति पनि बनेको बुझिएको छ । तर, सुजाता कोइराला रोक्किएमा काँग्रेसबाट पुरुषमात्र मन्त्री बन्ने अवस्था हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot