Logo

प्रकाशमानका सारथि



काठमाडौं, १४ असोज । नेपाली कांगेसको केन्द्रीय महाधिवेशको मिति नजिकिँदै छ । क्रियाशील सदस्यतामा विवाद भएका जिल्लाबाहेक अधिकांशमा वडा अधिवेशन र पालिका र नगर अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिका नगर अधिवेशन शनिबार हुँदैछ । नेपाली कांग्रेस चुनावी महासंग्रामममा होमिएको छ । देशभर पौडेल प्यानल र देउवा प्यानल भनेर उम्मेदवारी दिने र चुनाव जित्ने क्रम जारी छ । तर काठमाडौंको हकमा फरक कुरा देखिन्छ ।

काठमाडौंमा कांग्रेसको उपसभापति, महामन्त्री र काठमाडौं जिल्लाको सभापतिसमेत भइसकेका प्रकाशमान सिंहको पकड देखिन्छ । काठमाडौं जिल्ला र त्यसमा पनि काठमाडौं महानगरभित्र प्रकाशमानइतरको प्यानलले फगत चुनावी प्रतिस्पर्धा मात्र गर्ने गरेको देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवादेखि रामचन्द्र पौडेलसम्मले आफ्नो आधार क्षेत्रमा टिम ल्याउन मुस्किल परिरहेको अवस्थामा प्रकाशमानले क्लिन स्विप गरेका छन् । प्रकाशमानको आफ्नो प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको काठमाडौं महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ हो । यी सबै वडाको इकाई सभापति प्रकाशमान खेमाले नै जितेको छ । वडा नम्बर १० मा रामकुमार केसी, ११ नम्बरमा सरोज कुमार मुल्मी, २९ नम्बरमा अर्जुन श्रेष्ठ र ३१ नम्बरमा राजेश गुरूङ इकाई सभापति चुनिएका छन् । अन्य वडामा पनि प्रकाशमान कै टिम आएको छ ।

प्रकाशमानको आफ्नो क्षेत्र बलियो बनाउने काममा सधै मैदानमा देखिएका पात्र हुन् बागमती प्रदेशको प्रदेशसभा सदस्यमा निर्वाचितसमेत भएका व्यक्ति दीपेन्द्र श्रेष्ठ । बाम गठबन्धन र विवेकशिल साझासँगको कडा प्रतिस्पर्धाकाबीच अत्याधिक मत ल्याएर गत प्रदेशसभाको चुनावमा विजयी भएका श्रेष्ठ प्रकाशमानलाई कांग्रेसकै सभापति बनाउनु पर्छ भनेर लबिइङ गर्न थालेका छन् ।

प्रकाशमानजस्तो स्वच्छ छविको नेता कांग्रेस सभापति बन्दा देश र कांग्रेस दुबैलाई फाइदा पुग्ने सांसद श्रेष्ठको बुझाई छ । त्याग, तपस्या, बलिदान र परिवर्तनको आन्दोलनमा अग्रमोर्चामा रहेका प्रकाशमान कांग्रेस सभापति बन्न योग्य रहेको र उनलाई सबैले सहयोग गर्नुपर्ने श्रेष्ठ बताउँछन् । त्यागी र निष्ठावान नेता गणेशमान सिंह र महिला आन्दोलनको अग्रणी मोर्चा सम्हाल्ने मंगलादेवीको सुपत्र मात्र होइन प्रकाशमान दाइको आफ्नै क्षमता र योगदानले पार्टी सभापति बन्न योग्य भइसक्नु भएको छ । यस्तो इमानदार नेताको कार्यकर्ता हुनुमा मलाई गर्व छ । सांसद श्रेष्ठले भने ।

प्रकाशमानको पक्षमा माहोल बनाउन दौडधुपदेखि आफ्नो क्षेत्रमा उनको प्यानललाई बलियो बनाउने खेलेको भूमिका देख्दा दीपेन्द्रलाई प्रकाशमान सारथिको संज्ञा दिन सकिन्छ ।

प्रतिनिधिसभामा प्रकाशमान र प्रदेशसभामा दीपेन्द्रले जितेको क्षेत्रमा हरेक समस्याको समाधान गर्न ुफिल्ड वर्कुमा खटिने दीपेन्द्रले त्यो ठाउँमा प्रकाशमानको अभाव र अनुपस्थित खड्किन दिएका छैनन् । प्रकाशमान जस्तो , इमानदार, जुझारू, कर्तव्यनिष्ठ, त्यागी, अनुशासीत र जनप्रेमीनेताको सारथि बन्न आफू उत्सुक रहेको सांसद श्रेष्ठको भनाई छ ।

कोरोनाको उच्च संक्रमण भएको बेला जनताको घर– घरमा औषधि पुर्‍याएर सेवा गरेका उनले मध्य वानेश्वरको रत्नराज्य स्कुल र बुद्धनगरमा सुशील कोइराला आइसोलेसन सेन्टर खोलेर संक्रमितलाई निःशुल्क सेवा दिए । दीपक मल्होत्राले हडपेको सार्वजनिक जग्गामा डोजर लगाउनेदेखि भूमाफिया जेएन तण्डुकारको परिवारले कब्जा गरेको जग्गामा मकैं भाँचेर सार्वजनिक प्रयोगमा ल्याउने अभियान्ताको रुपमा पनि दीपेन्द्रलाई चिन्ने गरिन्छ ।

भूमाफिया इन्द्र चाम्लिङदेखि अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको सार्वजनिक जग्गा सार्वजनिक उपयोगमा ल्याउन उनी निरन्तर लागिपरेका छन् । दीपेन्द्रलाई राजनीतिज्ञ भन्दा पनि समाजसेवीको रूपमा धेरैले चिन्ने गर्छन् । आफ्नो एजेन्डामा कुनै सम्झौता नगर्ने उनी हक्की स्वभावका छन् । जनतादेखि कार्यकर्ताको मन, मष्तिष्क र मुटुमा बस्न सफल दीपेन्द्र अहिले प्रकाशमानको सच्चा सारथि हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot