Logo

७० वर्ष अघिका अफगानी महिला



एजेन्सी, १४ असोज । यी महिला अफगानिस्तानका हुन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । अफगानिस्तानमा अहिले महिलाहरुलाई इस्लामिक अतिवादी शासकहरुले बुर्काभित्र कैद गरिदिएका छन् ।
महिलाहरु विद्यालय र शिक्षण संस्था जानबाट वञ्चित गरिएका छन् । काममा बाहिर जान पनि रोक छ । यो हदसम्मको कठोर शासन तालिवानले गरेका छन् ।

कुनैबेला अफगानिस्तान महिलाहरुका लागि निकै उदार थियो । सन् १९८० को दशकसम्म महिलाहरु विद्यालय र विश्वविद्यालय आधुनिक पहिरनमा जान्थे ।

सन् १९६० को दशकको काबुल विश्वविद्यालयमा अध्ययन गर्ने महिलाहरुको तस्बिर आफै बोल्छ । महिलाहरु बुर्काभित्र थिएनन् । सालिन तरिकाले निर्धक्कसँग अध्ययन गर्न पुग्थे । २१औं शताब्दीमा तालिवानले महिलाका लागि कडाई गरिदिएको छ ।-Photo Source: Ahmad Zia Mayar @ Twitter



प्रतिक्रिया दिनुहोस्

Screenshot