Logo

ट्युनिसियामा पहिलो महिला प्रधानमन्त्री नियुक्त



एजेन्सी, १४ असोज। ट्युनिसियाका राष्ट्रपति काइस सइदले नज्ला बौडेन रोमाधानेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने मौका पाएकी छिन् । दुई महिनाअघि कु को आरोप लागेका राष्ट्रपति सइदले अघिल्लो प्रधानमन्त्रीलाई बर्खास्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नयाँ सरकार गठनका लागि सइदलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब व्यापक थियो । गत महीना प्रधानमन्त्री बर्खास्त गर्दै सइदले संसद पनि भंग गरेका थिए । संविधानमा संशोधन गर्दै उनले आफ्नो भूमिकालाई थप शक्तिशाली पनि बनाएका छन् । ट्युनिसियाको दशौं प्रधानमन्त्रीको रुपमा रोमाधानेले कार्यभार सम्हालेकी हुन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्