Logo

अस्पताल भर्ना भएका नेता नेपालको स्वास्थ्यमा केही सुधार



काठमाडौँ, १४ असोज। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा केही सुधार भएको छ । ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ ।

नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘उहाँको उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गइरहेको छ ।’ नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्