Logo

अक्षय कुमारले ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेक बनाउने



एजेन्सी, १४ असोज । बलिउडका चर्चित कलाकार अक्षय कुमारले २०२२ मा एक नयाँ फिल्म निर्माण गर्ने भएका छन् । जुन मलयालम फिल्म ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेक हो । मलयालम फिल्ममा पृथ्वीराजले अभिनय गरेका थिए ।

अब यो फिल्म करण जौहरको धर्मा प्रोडक्सनले प्रोड्युस गर्ने भएको छ।  फिल्मलाई राज मेहताले निर्देशन गर्ने भएका छन् । मेहताले अक्षय कुमारलाई लिएर ‘गुड न्युज’ नामको सुपरहिट फिल्म बनाएका थिए । अक्षय र राज दुवैले ‘ड्राइविंग लाइसेन्स’ लाई मन पराएपछि हिन्दी रिमेक निर्माणमा लागेका छन् ।

२०२२ मा जनवरीमा फिल्मको सुटिङ युकेबाट हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा अक्षय कुमारको साथै इमरान हाशमीको पनि अभिनय देख्न पाइनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot