नेपाल बैंकसहित यी कम्पनीको कारोबार उच्च


काठमाडौ, १४ असोज । नेप्सेमा आज ३२ दशमलव ५१ अंकले घटेर २६ सय ३३ दशमलव ४२ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशालव ४१ अंकले घटेर ४ सय ९७ दशमलव ५ विन्दुमा रोकिएको हो ।

आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेड कम्पनीको कारोबार भएको छ । कम्पनीको आज १२ करोड माथिको शेयर कारोबार भएको हो ।

त्यस्तै, आज अपि पावर कम्पनीको १० करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ भने मेगा बैंकको १० करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी, हिमालयन डिस्टीलरीको ९ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।