Logo

मुरामाथि टोटेनहमको जित, केनले गरे ह्याट्रिक



काठमाडौं, १५ असोज । युरोपा कन्फरेन्स लिगमा इंग्लिस क्लब टोेटेनहमले मुरामाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले मुरालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको जितमा ह्यारी केनले ह्याट्रिक गरे । डेली अलि र जियोभानी लो सेल्सोले एक–एक गोल गरे ।

मुराका जिगा कोउसले एक गोल फर्काए । घरेलु मैदानमा भएको खेलमा डेली अलिले चौंथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, ८औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटेनहमले २ गोलको अग्रता बनायो ।खेलको ५२औं मिनेटमा मुराका जिगाले गोल गर्दै खेल २–१ को अवस्थामा पुगेको थियो ।

साथै, खेलको ६८औं मिनेटमा ह्यारी केनले गोल गर्दा खेल ३–१ को स्थितिमा पुग्यो ।खेलको ७७औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे भने ८८औं मिनेटमा ह्याट्रिक गर्दै टोटेनहमलाई फराकिलो जित दिलाए ।
जितसँगै समूह जी को टोटेनहमले २ खेलमा ४ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot