Logo

कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा



काठमाडौं, १५ असोज । कुमारी बैंकले ४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट प्रा.ली.को नाममा रहेको १ लाख १५ हजार कित्ता र वेद प्रकाश उपे्रतिको नाममा रहेको २ लाख ३८ हजार ६ सय ४० कित्ता संस्थापक शेयर बिक्रिका लागि सुचना जारी गरेको हो ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको केन्द्रीय कार्यालय टंगालमा आवेदन दिन आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम बाहिरका खरीदकर्ताहरुलाई विक्री गरिने जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot