Logo

एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै उत्तर कोरिया



एजेन्सी, १५ असोज। उत्तर कोरियाले साता दिनमै दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले पहिलो क्षेप्यास्त्र परीक्षण गरेको दुई दिनपछि बिहीबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । परीक्षण गरिएको क्षेप्यास्त्र नयाँ प्रविधियुक्त रहेको कोरियान सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ। सो क्षेप्यास्त्रमा ‘उल्लेखनीय लडाई क्षमता’ रहेको दाबी गरिएको छ।

यसअघि मंगलबार उत्तरले छोटो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको थियो। सो गतिविधिको दक्षिण कोरियासहित जापान र अमेरिकाले भत्र्सना गरेका थिए। तर, बिहीबारको परीक्षणको भने प्रतिक्रिया हालसम्म नदिएको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot