Logo

चुँदरे खानेपानी योजना सम्पन्न



तनहुँ, १५ असोज: रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चुँदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित भएका छन् । रु एक करोड १६ लाख ४० हजार २०० को लागतमा सो आयोजना सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको कूल लागतमध्ये रु ८४ लाख ८१ हजार ६६७ रोटरी क्लब अफ होनोलुल सेनसेटबाट प्राप्त भएको थियो ।

नगरपालिकाबाट रु ३१ लाख ५८ हजार ५४३ सहयोग गरेको क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । इलेक्टिक लिफ्टिङ प्रविधिको प्रयोग गरी ८४५ मिटर दूरीको मुहानबाट पानी ल्याई तीन ट्याङ्कीमा पानी सङ्कलन गरी प्रत्येक घरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको छ । करिब ५० घनमिटर, २० र दुई घनमिटरको ट्याङ्कीमा प्रत्येक एक घण्टामा १० हजार पानी सङ्कलन बताइएको छ ।

आयोजनाको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भूटानका निवर्तमान डिष्ट्रिक गर्भनर राजीव पोख्रेल र नगरप्रमुख वैकुण्ठ न्यौपानेले संयुक्तरुपमा विहीबार योजनाको शुभारम्भ गर्दै समुदायलाई हस्तान्तरण गरेका थिए ।

विगत लामो समयदेखि खानेपानीको अभावमा झेल्दै आएका सो क्षेत्रका बासिन्दा घरघरमा पानीको धारा पुगेपछि खुसी छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot