काठमाडौं, १५ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज विहान भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले अब सरकारलाई पूर्णता दिन ढिलाई गर्न नहुने धारणा राखेका थिए ।
दाहालले सत्ता गठबन्धनभित्र मन्त्रालयको भागण्बडा मिलिसकेको पनि सुनाए । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा दाहालले आज बेलुकासम्म सबै पार्टीले मन्त्री हुनेहरुको नाम टुँगो लगाईसक्ने र आईतबार सपथ खुवाउने सुनाए ।
आफ्नो पार्टीबाट मन्त्री को को हुने भनेर आफूले नाम टुँगो लगाईसकेको र ती मन्त्रीको नाम गोजीमै रहेको पनि दाहालले जानकारी दिए । उनले माधव नेपाल र उपेन्द्र यादवले पनि मन्त्री हुनेहरुको करिब करिब लिष्ट तयार पारेको र भोलिसम्म फाईनल गरिसक्ने विश्वास दिलाए । file photo




प्रतिक्रिया