Logo

सरकारको उच्च पदमा नियुक्त भईन् किम यो जोङ



एजेन्सी, १५ असोज। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन् । उनी राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त भएकी हुन् ।

यसअघि आयोगका उपाध्यक्षसहित अधिकांश सदस्यलाई बर्खास्त गरिएको थियो । बर्खास्तगीमा पर्नेहरूमा महिला उपाध्यक्ष पाक पोङ जु र अर्का कूटनीतिज्ञ चो सन हुई छन् । उनीहरू दुबै जना अमेरिकासँगको वार्तामा महत्वपूर्ण भूमिकामा थिए । अमेरिका र दक्षिण कोरियासँगको वार्तामा उनी किमकी मुख्य सहयोगी थिइन् ।

सन् २०१६ को संविधानले आयोगलाई नेतृत्व निकायको सर्वोच्च अंग भनेको छ । आयोगका पदाधिकारीले सर्वोच्च नेता किम जोङ उनलाई नेतृत्वसम्बन्धी महत्वपूर्ण सुझाब दिन्छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्