Logo

मनिषको गोलमा माल्दिभ्समाथि नेपालको जित



काठमाडौं, १६ असोज । नेपालले माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेको छ ।माल्दिभ्सको राजधानी मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे थिए । खेलको ८०औं मिनेटमा मैदान प्रवेश गरेका मनिषले ८६औं मिनेटमा निर्णायक गोल गरे । काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई पछि पार्दै उनले उत्कृष्ट गोल गरेका थिए ।

माल्दिभ्सका केहि उत्कृष्ट प्रहारलाई नेपालका कप्तान समेत रहेका गोलकिपर किरण चेम्जोङले रोकिदिएका थिए । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । यो जितसँगै नेपालले २२ वर्षअघिको इतिहास तोडेको छ । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २–१ ले हराएको थियो । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot