Logo

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार, नयाँ औषधिले काम गर्न थाल्यो



काठमाडौं, असोज १७ । बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा सुधार आएको छ ।

उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जण्डिसको मात्रा अहिले घट्दोक्रममा रहेको बताएकी छन् ।

घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले जनाईन् ।

खाना खान मन नलाग्ने समस्या कायमै रहेका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot