काठमाडौँ, १७ असोज । अष्ट्रेलियामा नेपाली समूदायलाई लक्षित गरि अनलाईन ग्रोसरी पोर्टल सञ्चालनमा आएको छ । पोर्टलको नाम ‘मेरो पसल डटकम’ रहेको छ ।
उक्त ग्रोसरी पोर्टल नेपाली खाना र स्वादलाई विश्वसामू चिनाउन सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक अशोक धमलाले जानकारी दिएका छन् । ग्रोसरी पोर्टलमा नेपाली स्वाद अनुसारको सामाग्री पाइने व्यवस्था गरिएको छ । पोर्टलमार्फत सेवा लिनहरुले उचित मूल्यमा सामान पाउनुका साथै १०० डलरभन्दा बढिको सामान खरिद गरेमा ग्राहकले विषेश छुटसहित फ्रि–होम हेलिभरीको व्यवस्था समेत पाउनेछन् ।
पोर्टलमा विभिन्न नेपाली खानाका सामाग्रीहरु जस्तै सुकुटी, चामल, दाल, तितौरा, वाई–वाई चाउचाउका साथै अचारहरु समेत पाइने उल्लेख गरिएको छ । ग्राहकले पोर्टलमा केही आर्कषक उपहार समेत पाउने व्यवस्था गरिएको छ । पोर्टलले २४औँ घण्टा डेलिभरी दिने बताइएको छ । उक्त पोर्टललाई गुगल स्टोर वा एप स्टोरमा समेत समावेश गरिएको छ । सामाग्री खरिद गर्न पोर्टल निकै उपयागी सावित भइसकेको छ ।
उक्त ग्रोसरी पोर्टलले अष्ट्रलियाको विभिन्न शहरमा डेलिभरी दिने बताइएको छ । विदेशमा रहेका नेपाली नागरिकहरुको सहजता र सूपथ मूल्यका लागि पोर्टल सञ्चालनमा ल्याइएको सञ्चालक धमलाको भनाई छ ।




प्रतिक्रिया