Logo

‘मेरो शरीर, मेरो रोजाई’ नाराका साथ् गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौं महिलाद्वारा प्रदर्शन



एजेन्सी १७ असोज। अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै हजारौ महिलाहरुले प्रदर्शन गरिरहेका छन् । हिजो (शनिबार) अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भएको अल्जजीराले उल्लेख गरेको छ ।

वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा लगाईरहेका थिए । केही प्रदर्शनकारीहरुको टिसर्टमा १९७३ लेखिएको थियो । सन् १९७३ मा रोय डी वाडेले महिलाहरुले वैध रुपमा गर्भपतन गर्न पाउने निर्णय गरेका थिए । गर्भपतन गर्न अमेरिकामा निकै कठिन हुने गर्दथ्यो । यस्को सहजीकरण हुनुपर्नेमा त्यहाँका महिलाहरुले आवाज उठाउँदै आएको छ । अमेरिकामा उक्त विषय निकै विवादित बनेको छ । गर्भपतन गराउने चिकित्सकलाई त्यहाँका कानुन अनुसार १० हजार अमेरिकी डलर तिर्नु पर्ने व्यवस्था छ । यसको समेत अन्त्य हुनेपर्नेमा उनीहरुको जोड छ ।

मेरो शरीर मेरो रोजाईको नारा अमेरिका भर प्रख्यात भइरहेको छ । संविधानिक तवरबाट चुनौती आएसँग उक्त कानुनलाई तत्काल स्थगित गरिएको छ । ‘तपाई कहाँ बस्नुहुन्छ भन्ने अर्थ रहेन । तपाई कहाँ हुनुहुन्छ भन्ने अर्थ रहेन । यो क्षण अध्यारो छ,’ वासिङटन डिसीमा आयोजित -यालीलाई सम्बोधन गर्दै प्लान्ड प्यारेन्टहुडका अध्यक्ष एलेक्सिज म्याक्गिल जोन्सनले भनिन् ।

Photo Source: aljazeera



प्रतिक्रिया दिनुहोस्