Logo

काँग्रेस काठमाडौं महानगरको महाचुनाव (फोटोफिचर)



काठमाडौं, १७ असोज । काठमाडौं महानगरपालिकाका नेपाली काँग्रैसका २० हजार क्रियाशील सदस्यबाट चुनिएर आएका प्रतिनिधिले सभापतिलगायत पदाधिकारी चयन गर्दैछन् । १३८ वडाका प्रतिनिधिहरुले सभापतिका लागि खडा भएका निलकाजी शाक्य र प्रगतिमान रञ्जितमध्ये एकजनालाई चयन गर्नेछन् ।

महानगरमा अधिवेशन हिजो सुरु भएपनि मतदान आज भइरहेको छ । काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंह पक्षधर शाक्यलाई काँग्रेसका बाँकी हस्तीहरुले साथ दिएका रञ्जितले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्