Logo

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए



१७ असोज : साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ ।
त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् ।

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ । घाइतेहरुलाई यमनी अस्पतालमा पु¥याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्