Logo

शाहरुख खानका छोरा आर्यन पक्राउ



एजेन्सी १७ असोज: भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुजमा छापा मार्दा बलिउड स्टार शाहरुख खानका छोरा आर्यनसहित १३ जनालाई हिरासतमा लिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान जारी छ ।

प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । उक्त केसमा बलिउडका को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्