Logo

प्रहरी महानिरीक्षक क्षेत्रीबाट वृक्षरोपण



काठमाडौँ, १७ असोज । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज परिसरमा आइतबार वृक्षरोपण गरेका छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीका साथै प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरु समेतले प्रहरी दिवसको अवसरमा ‘एक प्रहरी एक विरुवा’ कार्यक्रम अन्तर्गत वृक्षरोपण गरेका हुन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा, तेजपत्ता, भोगटे, लप्सी र सिरिस लगायत विभिन्न जातका ७१ वटा विरुवाहरु रोपिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्