Logo

नेप्सेसँगै घट्यो कारोबार



काठमाडौं, १७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार (आज) नेप्सेमा ५५ दशमलव ९३ अंकले घटेर २५ सय ७७ दशमलव ४९ विन्दुमा थामिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ७ अंकले घटेर ४८५ दशमलव ९८ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार आज २३२ कम्पनीको ५२ हजार ३९१ पटक कारोबार भएर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँ बराबरको ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता शेयर किनबेच भएको हो ।



प्रतिक्रिया दिनुहोस्