Logo

अपि पावरसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १७ असोज । शेयर बजारमा आज उच्च अंकको गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । केही कम्पनीको भने आज कारोबारमा सर्वाधिक बृद्धि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज १५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, रिडी हाइड्रोपावर कम्पनीको १४ करोड १ लाख, शिखर इन्स्योरेन्स कम्पनी प्रोमोटर शेयरको १३ करोड ६६ लाख, हिमालयन डिस्टीलरीको १३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्