Logo

नेप्से उच्च अंकले घट्दा पनि यी कम्पनीको शेयरमुल्यमा बृद्धि



काठमाडौ, १७ असोज । शेयर बजारमा आज मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले आज ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् ।

नेप्सेको अनुसार आज स्वाभिमान लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । सबैको लघुवित्तका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, रिडी हाइड्रोपावर कम्पनीको १४ करोड १ लाख, शिखर इन्स्योरेन्स कम्पनी प्रोमोटर शेयरको १३ करोड ६६ लाख, हिमालयन डिस्टीलरीको १३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्