Logo

देउवालाई चुनौती दिदै डडेलधुरा पुगेका कोइराला र केसीलाई बाँजागाँजासहित स्वागत



काठमाडौं, १७ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो डडेलधुरा । त्यहाँ क्रियाशील सदस्यता वितरण विवादले वडा अधिवेशनमा सभापति कर्ण मल्ल पक्षधरले अधिवेशन बहिष्कार गरेका छन् ।

काँग्रेसको केन्द्रीय राजनीतिमा समेत टकराव बढ्ने गरी भएको डडेलधुरा घटनापछि देउवाइतरका नेताहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरे त्यहाँ पुगेका छन् । डडेलधुरा पुग्दा कोइराला, केसी र घिमिरेको भव्य स्वागत भएको छ ।

बाँजागाँजासहित तीन नेतालाई काँग्रेस नेता तथा कार्यकर्ताले स्वागत गरे । उनीहरुको गलाभरी माला देखिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्