उद्योगपति वसन्त चौधरीको मुटुको शल्यक्रिया सफल


काठमाडौं, १७ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक वसन्त चौधरीको मुटुको शल्यक्रिया सफल भएको छ । परिवारसँग घुम्दै गर्दा ह्दयघात भएको चौधरीको दुबईस्थित अमेरिकन अस्पतालमा मुटुको शल्यक्रिया सफल भएको हो ।

अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोगबाट चौधरीको शल्यक्रिया गरे पछि उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको पारिवारिक श्रोतले जनाएको छ । अब उनलाई २ दिनपछि हस्पिटलबाट डिस्चार्ज गर्ने तयारी रहेको छ ।

उद्योगपति चौधरीलाई दुबई पुगेका बेला त्यहीं हृदयघात भएको थियो । हृदयघात भएपछि उनको ओपन हार्ट सर्जरी आकस्मिक रुपमा गर्न लागिएको हो । उनी पारिवारिक घुमफिरका लागि दुबई पुगेका थिए ।

चौधरी व्यापारिक घराना चौधरी समूहका सदस्य हुन् । नर्भिक अस्पताल वसन्त चौधरीको सफल व्यवसायभित्र पर्छ । उनी कवि पनि हुन् ।