Logo

एमाले प्रथम विधान महाधिवेशनको समापन समारोह, अध्यक्ष ओली जवाफ दिँदै (लाईभ)



काठमाडौं, १७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजै समापन हुँदैछ । अहिले समापन समारोहलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।  ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी महाधिवेशन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन गर्न लागिएको छ । सम्बोधनको क्रममा उनले कम्युनिष्टहरु एकताको लागि जुट्नु नै फाईदाजनक रहेको बताएका छन् ।

उनले एमाले जनताको लागि काम गर्ने पार्टी भएको बताएका छन् । उनले भने,‘एमाले परिवर्तनको लागि हो । यो कामकाजी पार्टी हो । देश र जनताको सेवक पार्टी हो । सेवककै हिसाबले जनताको सेवा गर्छौं । मैले सरकार गठन भएको एक महिना हुँदानै सम्बोधन गरेर यी यी काम गरें भनेर देखाएका थिएँ । तर, अहिलेको सरकारले केही काम गरेको छैन् । अढाई महिनामा सरकार पनि पूर्णता भएको छैन् । हामी सरकारबाट बाहिरियौं, भूमिहीनका सपना बाहिरिए । बैशाखसम्म मेलम्ची ल्याउँछौं भनेर अहिलेको सरकारले भनेको छ, तर पन्ध्र महिनापछि एमालेको सरकार आउँछ अनि यो बन्छ । ठीक छ, यो सरकारले बैशाखभित्र आँफैले भनेको कुरा गरेर देखाओस ।

उनले महाधिवेशन प्रतिनिधिहरुले दिएका सुझाव मनन गरिने विश्वास दिलाए । उनले मंसिरमा तय गरिएको १०औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिने पनि बताए । उनले जिल्ला अधिवेशन पनि अब विलम्ब नगरी सबै अधिवेशन गरेर संगठनात्मक रुपमा चुस्त दुरुस्त भएर अघि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस्