Logo

६६औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं, १७ असोज । ६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा बसन्तपुर डबलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना महिला र १ सय ३३ जना पुरुष गरी जम्मा १ सय ६४ जनाले रक्तदान गरेका थिए।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, प्रहरी अधिकृत, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत आम नागरिकको सहभागिता रहेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र लैङ्गिक हिंसा नियन्त्रण संजाल जिल्ला समिति काठमाडौंको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्