Logo

यती एअरलाइन्सको दसैँ-तिहार उपहार योजना : स्कुटरदेखि हिरासम्मका उपहार



काठमाडौं, १७ असोज । यती एअरलाइन्सले यात्रुहरूका लागि चाडपर्वलक्षित उपहार योजना ल्याएको छ । ‘धमाकेदार दसैँ-तिहार योजनाअन्तर्गत यात्रुहरूले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्नेछन् । यतीका अनुसार बम्पर उपहारअन्तर्गत यामाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जाने-आउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने छ ।

असोज २१ देखि कार्तिक २४ गतेसम्म यती र तारा एअरमार्फत उडान गर्ने यात्रुहरूलाई यो योजना लागू हुने बताइएको छ । योजनामा सहभागी हुन यात्रुहरूले यात्राअघि विमानस्थलमा चेक-ईन गर्दा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ ।

एकतर्फी यात्रा गर्दा १ वटा मात्र कुपन पाइने छ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने बताइएको छ ।एकैपटक दुईतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले ४ वटा ‘लक्की ड्र’ कुपन पाउने छन् ।

कम्पनीका अनुसार योजनामा जम्मा भएका कुपनलाई गोलाप्रथामार्फत् प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी सोसल मिडियामार्फत् सार्वजनिक गरिने यती एअरलाइन्सले जनाएको छ ।

३४ दिनसम्म चल्ने यस धमाकेदार दशैं तिहार योजना अन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यमाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्रीबालाजी डाइमण्डले गरेको छ । हाल यतीले ५ वटा एटीआर-७२ विमानमार्फत विभिन्न ८ गन्तव्यमा उडान भर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्