Logo

सोमबार नेपालले श्रीलंकासँग खेल्दै, के भन्छन प्रशिक्षक र कप्तान ?



असोज १७, काठमाण्डौ । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा भोलि सोमबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । भोलीको खेलका बारेमा आज प्रि म्याच कन्फरेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।

९० मिनेटसम्मै जितका लागि लड्ने किरणको भनाई छ । प्रशिक्षकप्रति खेलाडीहरुकोे पुर्ण विश्वास भएको पनि उनले बताएका छन् । त्यसैगरी मुख्य प्रशिक्षक अब्दुल्लहा अलमुताइरीले श्रीलंकन टिम बलियो भएकाले भोलीको खेल फाइनलजस्तै हुने बताएका छन् ।

बंगलादेशविरुद्धको खेलमा श्रीलंकन टिमले अधिक मात्रमा फउल खेलेको बताउँदै भोलीको खेलमा चाहिएको खण्डमा आफ्ना खेलाडीले पनि ट्याकलको प्रयोग गर्न सक्ने अलमुताइरीले बताएका छन् । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्